खानेपानीका लागि एक करोड बजेट दिने मन्त्री राईको घोषणा

खानेपानीका लागि एक करोड बजेट दिने मन्त्री राईको घोषणा
धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजारमा खानेपानी व्यवस्थापनका लागि एक करोड बजेट उपलब्ध गराउँने घोषणा गरेका छन् । डाँडाबजारस्थित भानु माध्यमिक विद्यालयमा आज बिहान आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो घोषणा गरेका हुन् । सकेसम्म चालु आर्थिक वर्षमै बजेट उपलब्ध गराउँने मन्त्री राईको भनाई छ । चालु आर्थिक वर्षमा उपलब...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु
धनकुटा । धनकुटा नगरपालिका–१० मार्गास्थित विजय पोल्टी फर्म छेउमा रहेको पोखरीमा डुबेर आज दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ११ वर्षिय मनिष खतिवडा र धनकुटा–९ का १५ वर्षिय दिपेश ओझा छन् । दिउँसो करिव दुई बजे फोहोर र पानी मिसिएको पोखरीमा डुब्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त पोखरी विजय पोल्टी फर्मको फोहोर फाल्न बनाइएको हो । शवलाई पोष्टमार्टमका...

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग

बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई अढाई लाखको सहयोग
धनकुटा । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले धनकुटा नगरपालिका-१० उत्तरपानीस्थित आधारभुत विद्यालयलाई दुई लाख पचास हजार बराबरको सामग्री प्रदान गरेको छ । बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरू अध्ययन गर्ने सो विद्यालयमा कम्पनीले सोमबार सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग प्रदान गरेको हो । नुहाउन तातो पानी आउँने सोलार हिटर सिस्टम, इलेक्ट्रिक फिल्टर, खानेपानीको टङ्की २ थान र ग्यास सिलिन्डर २ थान प्रद...

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 

हिले-भीरगाउँ सडक कालोपत्रे सुरु 
धनकुटा । धनकुटाको हिलेदेखि भीरगाउँ मधुगंगा जोड्ने सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । हिलेमा एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले शिलान्यास गरेपछि सडक कालोपत्रेको काम सुरु भएको हो । मेयर तामाङको पहिलो कार्यकालमा सो सडक निर्माण गरिएको थियो । अहिले उनको दोस्रो कार्यकालमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मेयर तामाङले नगरपालिकाको दुर्गम क्षे...

सब्जी बोक्ने मिनिट्रकभित्र भेटियो गाँजा

सब्जी बोक्ने मिनिट्रकभित्र भेटियो गाँजा
धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भेडेटार चौकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । सब्जी बोक्ने को १ ख ३२९४ नम्बरको मिनिट्रकमा पाँच सय ४४ किलो गाँजा बरामद भएको हो । विशेष सूचनाका आधारमा आइतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली चेकजाँचमा खटिएको थियो । चेकजाँचका क्रममा मिनिट्रकमा लोड गरिएको सब्जीको बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद ...