माइक्रोबस पल्टिँदा २० घाइते

माइक्रोबस पल्टिँदा २० घाइते
धनकुटा । धनकुटाको मूलघाट नजिक शनिवार बिहान माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । काठमाडौंबाट संखुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस बिहानका राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी चालकसहित २० जना घाइते भएको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । दुर्घटनामा धनकुटा१ का गंगराम गोम्देन, कल्पना तामाङ्ग, साँगुरीगढी–९ का सुर्य राई, धनकु...

साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो

साउदीको जेलबाट उद्धार गरी घर फर्काइयो
धनकुटा । ३२ महिना अघिदेखि साउदीमा जेल जीवन बिताइरहेका धनकुटाका दिनेश कार्कीलाई घर फर्किन पाउँछु भन्ने आश मरिसकेको थियो । चालक काम गर्दै आएका दिनेशले चलाएको गाडी दुर्घटना भएपछि पक्राउ परेका उनलाई अदालतले ५७ हजार रियाल अर्थात नेपाली १८ लाख भन्दा बढी रकम जरिवाना तोकिदियो । गरिबीका कारण पैसा कमाउँन विदेशिएका दिनेशसँग जरिवाना बापतको रकम तिर्न सक्ने अवस्था थिएन, न त परिवारले नै नेपालबाट पैसा पठाएर उनल...

सहिदभूमिका छ जना महिला उद्यमी सम्मानित

सहिदभूमिका छ जना महिला उद्यमी सम्मानित
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले छ जना महिला उद्यमीलाई नगदसहित सम्मान गरेको छ । गाउँपालिका क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका महिला उद्यमीहरूलाई ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर सम्मान गरिएको हो । वर्कसप सञ्चालन गर्दै आएकी रामकुमारी राई, नाङ्लो बनाउने व्यवसाय गर्दै आएकी योजना राई, किराना पसल सञ्चालक अञ्जना राई, होटल व्यवसायी लिलाकुमारी राई र सिलाइकटाइ व्यवसाय गर्दै आएकी जीव...

भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-७ स्थित फेदीमा मंगलबार साँझ मारुती भ्यान र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते छन् । धरानबाट धनकुटातर्फ आउँदै गरेको को १ च ३२८० नम्बरको भ्यान र विपरित दिसाबाट जाँदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल साँझ करिब ६ बजे आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार साँगुरीगढी-६ का २५ वर्षीय विवश तामाङको मृत्यु भएको भेड...

वडाको भवन शिलान्यास, विद्यालय भवन उद्घाटन

वडाको भवन शिलान्यास, विद्यालय भवन उद्घाटन
धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा दुई वटा वडा कार्यालय भवन शिलान्यास र एउटा विद्यालय भवन उद्घाटन गरेका छन् । विभिन्न कार्यक्रममा सहभागि हुन गृहजिल्ला धनकुटा आइपुगेका मन्त्री राईले पाख्रीवास नगरपालिका वडा नं.३ र वडा नं.७ को वडा कार्यालय भवन शिलान्यास र सहिदभूमि गाउँपालिका-४ स्थित कन्यादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका हुन् । पाख्रीवास वडा नं.३ ले कालीमाटी र वडा नं.७ ले ...

रुखको हाँगाले लाग्दा श्रीमतीको मृत्यु, श्रीमान सकुशल

रुखको हाँगाले लाग्दा श्रीमतीको मृत्यु, श्रीमान सकुशल
धनकुटा । धनकुटा नगरपालिका-४ सल्लेरीमा आज अपरान्ह रुखको हाँगा खसेर लाग्दा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । सडकको भित्तामाथि रहेको सिरिसको हाँगा भाँचिएर लाग्दा धनकुटा-१ हिलेकी ३० वर्षीया उषा तामाङको मृत्यु भएको हो । उनी, श्रीमान आशिष तामाङले चलाएको प्रदेश १-०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् । अपरान्ह करिब ४ बजे धनकुटाबाट हिले जाने क्रममा मोटरसाइकल गुडिरहेका बेला एक्कास...

राजारानी बजारको छड्के अनुगमन

राजारानी बजारको छड्के अनुगमन
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमन टोलीले बजारका एक दर्जन भन्दा बढी किराना पसल र आधा दर्जन होटलको अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रम...

धनकुटामा मन्त्रिपरिषद् बैठक

धनकुटामा मन्त्रिपरिषद् बैठक
धनकुटा । धनकुटामा आज कोशी प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रदेश राजधानी विराटनगर बाहिर पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । देव्रेवासस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा दिउँसो बैठक बस्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण शाहले जानकारी दिए । बैठकका लागि मुख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरू आउँदैछन् । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्...

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
धनकुटा । धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा आज पिकअपले ट्रकलाई ठक्कर दिँदा ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार घर भई धनकुटा–९ स्थित गुठिटार बस्ने ३० बर्षीय निरज ठकुरी छन् । दिउँसो करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दै गरेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट ग्य...

जितपुर र छुम्लिङमा भीषण डढेलो

जितपुर र छुम्लिङमा भीषण डढेलो
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर र छुम्लिङ आसपास क्षेत्रको बनमा भीषण डढेलो लागेको छ । वडा नं.६ र ७ को सिमानामा पर्ने गढीसिंहदेवी सामुदायिक बन र वडा नं.७ जितपुरस्थित बनपाला सामुदायिक बनमा भीषण डढेलो लागेको हो । हिजोदेखि नै सुरु भएको डढेलो अझै फैलँदै गएको महालक्ष्मी-७ का वडा सचिव खगेन्द्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार डढेलोका कारण छुम्लिङ, लाटेभन्ज्याङ, जितपुर, का...