- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमन टोलीले बजारका एक दर्जन भन्दा बढी किराना पसल र आधा दर्जन होटलको अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रममा किराना पसलमा उपभोग्य मिति नाघेका पेय पदार्थ, धुलो खोर्सानी, मसला, चियारङ, मेथी, ज्वानो, बेसार लगायत खाद्यवस्तु धेरै फेला परेको अनुगमन टोलीमा सहभागि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए ।

म्याद गुज्रिएको भेटिएका खाद्यवस्तु जफत गरी आगो लगाएर नष्ट गरिएको हो । अनुगमनका क्रममा होटलहरू दर्ता नगरी सञ्चालन गरेको भेटिएको छ । दर्ता नभएका व्यवसायलाई दर्ता गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ ।

म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसलहरूलाई आगामी दिनमा पुनः यस्तो गल्ति नदोहोर्याउन अनुगमन टोलीले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया