संगालो मिडिया हाउस, धनकुटाले sangalokhabar.com.np सञ्चालन गर्दै आएको छ । यो sangalokhabar.com को सहायक पोर्टल हो ।  

सत्य, तथ्य र निष्पक्ष रुपमा निरन्तर समाचारसहितका सामग्री प्रकाशन गर्दै आएकाले पाठकको रोजाइमा परेर sangalokhabar.com कोशी प्रदेशको मुख्य अनलाइन मिडियाको रुपमा स्थापित भएको छ । संगालोखबरले कोशी प्रदेशका १४ वटै जिल्लालाई मुख्य प्राथमिकतामा राखेर देश, विदेशका विषयलाई पनि महत्वका साथ प्रकाशन गर्ने गर्छ । स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विषयवस्तुलाई पनि उपयुक्त स्थान दिएर पाठकमाझ पुर्याउने गरेको छ ।

खोजमूलक, घटनामूलक, सामाजिक, राजनीतिक, आर्थिक, खेलकुद, मनोरञ्जन, साहित्य, सूचना प्रविधि लगायत हरेक विषयका समाचार संगालोखबरमा प्रकाशन हुन्छन् । विचार विश्लेषण, अन्तर्वार्ता, भिडियो र भिडियो रिपोर्ट पनि संगालोखबरले प्रकाशन गर्दै आएको छ । लामो समयदेखि व्यवसायिक पत्रकारिता पेशामा आवद्ध अनुभवी सञ्चारकर्मीहरुको समूह संगालोखबरमा क्रियाशील छ । जसका कारण प्रकाशित सामग्री विश्वसनीय र स्तरीय हुन्छन् ।

संगालोखबरको फेसबुक पेजमा १ लाख ४३ हजार भन्दा बढी फलोअर्स छन् । ११ हजार भन्दा बढी सदस्य संगालोखबरको फेसबुक ग्रुपमा आवद्ध छन् । संगालोखबरका सामग्री फेसबुकसहित ट्विटर, यूटुव, टिकटक र इन्स्टाग्राममा पनि प्रकाशन हुने गर्छन् । मोबाइल एप्लिकेशनमार्फत पनि संगालोखबरका सामग्री हेर्न र पढ्न सकिन्छ ।