- संगालोखबर सम्वाददाता

काठमाडौं । गैरनाफामूलक बाल अस्पताल बनाउँन प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले २० लाख आर्थिक सहयोग गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई डा.शर्माले सहयोग गरेका हुन् ।

हेपाली हाइटस्थित निर्माणाधीन अस्पतालमा पुगेर सांसद शर्माले बिहीबार डा.कोइरालालाई २० लाखको चेक हस्तान्तरण गरे । राज्यले गर्नुपर्ने काम डा.कोइराला आफैले गर्न लागेकाले सहयोग गरेको सांसद शर्माले बताए ।

डा.कोइराला अध्यक्ष रहेको कियोचले सात वटै प्रदेशमा विशिष्टीकृत सेवासहितको गैरनाफामूलक बाल अस्पताल निर्माण गर्ने तयारी गरेको छ ।

काठमाडौंमा सय शैयाको अस्पताल निर्माण गरिरहेको सो संस्थाले बाँकी स्थानमा ५०/५० शैयाको अस्पताल निर्माण गर्ने योजना बनाएको छ । दमकमा भने अस्पताल निर्माण सकेर सेवा सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया