धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भेडेटार चौकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । सब्जी बोक्ने को १ ख ३२९४ नम्बरको मिनिट्रकमा पाँच सय ४४ किलो गाँजा बरामद भएको हो ।

विशेष सूचनाका आधारमा आइतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली चेकजाँचमा खटिएको थियो । चेकजाँचका क्रममा मिनिट्रकमा लोड गरिएको सब्जीको बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको भेडेटार प्रहरी चौकीका प्रमुख जीवन कार्कीले जानकारी दिए ।

गाँजा र मिनिट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । मिनिट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया