- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको मूलघाट नजिक शनिवार बिहान माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । काठमाडौंबाट संखुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस बिहानका राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी चालकसहित २० जना घाइते भएको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । दुर्घटनामा धनकुटा१ का गंगराम गोम्देन, कल्पना तामाङ्ग, साँगुरीगढी–९ का सुर्य राई, धनकुटा–८ की रविता राई, रञ्जना राना मगर, चालक भक्तपुरको सुर्यविनायक–९ का ४६ वर्षीय हरीसरण आले र सह–चालक मोरङको बेलबारी–११ का अम्बर सुवेदी घाइते भएका छन् ।

संखुवासभाको खाँदवारी–९ की दुर्गादेवी राई, खाँदवारी–१ की अल्का भण्डारी, उनका ७ वर्षीय छोरा आशिष, सोही स्थानकी अनुरा मास्के, बिजय श्रेष्ठ, संखुवासभाको पाँचखपन–६ का सुमन श्रेष्ठ, भोटखोला–४ का लविना राई घाइते भएका छन् ।

भोजपुरको सडानन्द–५ का कृष्णबहादुर दाहाल, चितवनको कालिका–६ का प्रबिन घिसिङ्ग, काठमाडौंका सृजना गुरुङ्ग, सिता राई, रत्न राना मगर र कविता राई घाइते भएका छन् । गम्भीर घाइते आठ जनालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने बाँकीको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

माइक्रोबसमा चालकसहित २१ जना यात्रु सवार थिए । जसमध्ये एक बाहेक सबै घाइते भएका हुन् । दुर्घटनाको कारण खुल्न बाँकी छ । घटनापछि चालक आले प्रहरी नियन्त्रणमा छन् । माइक्रोबस सडकबाट करिब ८० फिट तल खसेको छ ।

तपाईको प्रतिक्रिया