शुक्रबार, बैशाख ०७, २०८१
धनकुटा । धनकुटा नगरपालिका–१० मार्गास्थित विजय पोल्टी फर्म छेउमा रहेको पोखरीमा डुबेर आज दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ११ वर्षिय मनिष खतिवडा र धनकुटा–९ का १५ वर्षिय दिपेश ओझा छन् ।
दिउँसो करिव दुई बजे फोहोर र पानी मिसिएको पोखरीमा डुब्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त पोखरी विजय पोल्टी फर्मको फोहोर फाल्न बनाइएको हो ।
शवलाई पोष्टमार्टमका...