माइक्रोबस पल्टिँदा २० घाइते

माइक्रोबस पल्टिँदा २० घाइते
धनकुटा । धनकुटाको मूलघाट नजिक शनिवार बिहान माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । काठमाडौंबाट संखुवासभा जाँदै गरेको बा.५ ख ७२४ नम्बरको माइक्रोबस बिहानका राती करिब २ बजे च्याङच्याङवारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी चालकसहित २० जना घाइते भएको धनकुटाका प्रहरी निरीक्षक अनिलकुमार शाहले जानकारी दिए । दुर्घटनामा धनकुटा१ का गंगराम गोम्देन, कल्पना तामाङ्ग, साँगुरीगढी–९ का सुर्य राई, धनकु...

मिल्स गोल्डकप: बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनलमा

मिल्स गोल्डकप: बर्दिवासलाई हराउँदै एपीएफ सेमिफाइनलमा
विराटनगर । विराटनगरमा शुक्रबारबाट चौथो संस्करणको मिल्स गोल्डकप सुरु भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा भएको उद्घाटन खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । एक पक्षीय खेल पस्किएको एपीएफका हरी कार्कीले खेल सुरुवातको ११ औं मिनेटमा गोल गरेर टिमको खाता खोल...

बाल अस्पताल बनाउँन २० लाख सहयोग

बाल अस्पताल बनाउँन २० लाख सहयोग
काठमाडौं । गैरनाफामूलक बाल अस्पताल बनाउँन प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले २० लाख आर्थिक सहयोग गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा बन्दै गरेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) लाई डा.शर्माले सहयोग गरेका हुन् । हेपाली हाइटस्थित निर्माणाधीन अस्पतालमा पुगेर सांसद शर्माले बिहीबार डा.कोइरालालाई २० लाखको चेक हस्तान्तरण गरे । राज्यले गर्नुपर्ने काम डा.कोइर...

कोशी प्रदेशलाई खोरेत मुक्त बनाउने घोषणा

कोशी प्रदेशलाई खोरेत मुक्त बनाउने घोषणा
विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी ३ वर्षभित्र कोशी प्रदेशलाई खोरेत मुक्त प्रदेश बनाउने घोषणा गरेका छन् । झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवन उद्घाटन कार्यक्रममा मन्त्री खत्रीले यस्तो घोषणा गरेका हुन् । पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेका बेला कोशी प्रदेश सरकारले यसको नियन्त्रणक...

राजारानी बजारको छड्के अनुगमन

राजारानी बजारको छड्के अनुगमन
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानी बजारमा छड्के अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमन टोलीले बजारका एक दर्जन भन्दा बढी किराना पसल र आधा दर्जन होटलको अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तु जफत गरी नष्ट गरेको छ । अनुगमनका क्रम...

धनकुटामा मन्त्रिपरिषद् बैठक

धनकुटामा मन्त्रिपरिषद् बैठक
धनकुटा । धनकुटामा आज कोशी प्रदेशको मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रदेश राजधानी विराटनगर बाहिर पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । देव्रेवासस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा दिउँसो बैठक बस्ने मुख्यमन्त्रीका प्रेस सल्लाहकार देवनारायण शाहले जानकारी दिए । बैठकका लागि मुख्यमन्त्री केदार कार्कीसहित प्रदेश सरकारका मन्त्रीहरू आउँदैछन् । तत्कालीन पूर्वाञ्चल विकास क्षेत्...

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु

पिकअपको ठक्करबाट ट्रक चालकको मृत्यु
धनकुटा । धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा आज पिकअपले ट्रकलाई ठक्कर दिँदा ट्रक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार घर भई धनकुटा–९ स्थित गुठिटार बस्ने ३० बर्षीय निरज ठकुरी छन् । दिउँसो करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदै गरेको बा.प्र.०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दै गरेको बा.प्र.०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट ग्य...

जितपुर र छुम्लिङमा भीषण डढेलो

जितपुर र छुम्लिङमा भीषण डढेलो
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुर र छुम्लिङ आसपास क्षेत्रको बनमा भीषण डढेलो लागेको छ । वडा नं.६ र ७ को सिमानामा पर्ने गढीसिंहदेवी सामुदायिक बन र वडा नं.७ जितपुरस्थित बनपाला सामुदायिक बनमा भीषण डढेलो लागेको हो । हिजोदेखि नै सुरु भएको डढेलो अझै फैलँदै गएको महालक्ष्मी-७ का वडा सचिव खगेन्द्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार डढेलोका कारण छुम्लिङ, लाटेभन्ज्याङ, जितपुर, का...

खानेपानीका लागि एक करोड बजेट दिने मन्त्री राईको घोषणा

खानेपानीका लागि एक करोड बजेट दिने मन्त्री राईको घोषणा
धनकुटा । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजारमा खानेपानी व्यवस्थापनका लागि एक करोड बजेट उपलब्ध गराउँने घोषणा गरेका छन् । डाँडाबजारस्थित भानु माध्यमिक विद्यालयमा आज बिहान आयोजित बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले यस्तो घोषणा गरेका हुन् । सकेसम्म चालु आर्थिक वर्षमै बजेट उपलब्ध गराउँने मन्त्री राईको भनाई छ । चालु आर्थिक वर्षमा उपलब...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु
धनकुटा । धनकुटा नगरपालिका–१० मार्गास्थित विजय पोल्टी फर्म छेउमा रहेको पोखरीमा डुबेर आज दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ११ वर्षिय मनिष खतिवडा र धनकुटा–९ का १५ वर्षिय दिपेश ओझा छन् । दिउँसो करिव दुई बजे फोहोर र पानी मिसिएको पोखरीमा डुब्दा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त पोखरी विजय पोल्टी फर्मको फोहोर फाल्न बनाइएको हो । शवलाई पोष्टमार्टमका...