विराटनगरका दमकल ‘हाईअलर्ट’ मा

विराटनगरका दमकल ‘हाईअलर्ट’ मा
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा दमकललाई ‘हाईअलर्ट’ मा राखिएको छ । सुक्खायाम सुरु भएकाले आगलागी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले दमकललाई ‘हाईअलर्ट’ मा राखेको हो । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र कार्यालयको अनुगमन गरेर आगलागीको सिजन सुरु भएकाले दमकललाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन् । आग...

सब्जी बोक्ने मिनिट्रकभित्र भेटियो गाँजा

सब्जी बोक्ने मिनिट्रकभित्र भेटियो गाँजा
धनकुटा । धनकुटाको साँगुरीगढी गाँउपालिका–६ भेडेटार चौकबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । सब्जी बोक्ने को १ ख ३२९४ नम्बरको मिनिट्रकमा पाँच सय ४४ किलो गाँजा बरामद भएको हो । विशेष सूचनाका आधारमा आइतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली चेकजाँचमा खटिएको थियो । चेकजाँचका क्रममा मिनिट्रकमा लोड गरिएको सब्जीको बोराभित्र प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद ...

मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि

मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि
विराटनगर । मच्छिन्द्र एफसी काठमाण्डौले आठौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राती सम्पन्न फाइनल खेलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २–०  गोलले  हराउँदै मच्छिन्द्रले उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख पुरस्कार पाएको छ भने उपविजेता सांग्रीलाले ५ लाख ५० हजारमा चित्त बुझाएको छ । विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर ...