मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-३ स्थित अधिकारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रमितेबाट धोबेनी बजारतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ प ३६१२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर गएराति दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक मिक्लाजुङ-३ का ३४ वर्षीय प्रदीप राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल सडकबाट उछिट्टिएर बाटोको नालीमा खसेको थि...