विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-३ स्थित अधिकारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रमितेबाट धोबेनी बजारतर्फ आउँदै गरेको प्रदेश १-०४-००१ प ३६१२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मिक्लाजुङ-३ का ३४ वर्षीय प्रदीप राईको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल सडकबाट उछिट्टिएर बाटोको नालीमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका राईलाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारीमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको थियो । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया